गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबिच भगिनी सम्बन्ध कायम

कार्तिक २३ गते पोखरामा ‘रसियन कल्चर सो’ हुने

पाेखरा | भदौ २८, २०७९

गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबिच भगिनी सम्बन्ध कायम

 

 

पोखरा:  गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बिच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार रसियन कल्चर सोको कार्यालय काठमाण्डौमा दुवैपक्षबिच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरें ।

 

हस्ताक्षर पश्चात सदस्य सचिव श्रेष्ठले आफुहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ’ श्रेष्ठले भने ।

 

रसियन दुतावासका प्रथम सचिव समेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’ उनले वाचा गरे ।

 

सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्विकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

 

सांस्कृतिक टोलीको सहभागीतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिका बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रसियन कल्चर सो’ समेत हुनेछ । यो ‘कल्चरल सो’ मार्फत गण्डकी प्रदेशबासीले रसियन कल्चरको बारेमा जानकारी पाउने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको विश्वास छ ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्